दमक, २० साउन–झापाको दमक–५ स्थित पञ्चमुखी सिरामिकले आफ्नो ब्राण्डको टायलमा नेपालको नयाँ स्वरुप नक्साङकन गरेर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
पञ्चमुखी सिरामिकका सञ्चालक सुवास साहले नगरपालिकामा पुगेर हिजो सोमबार नगर प्रमुख रोमनाथ ओली र प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनालाई सो नक्सा हस्तान्तरण गरे ।
सञ्चालक साहका अनुसार २ फिट चौडा र ४ फिट लम्बाईको आकारको नेपालको नयाँ नक्सा डिजाइन गरेर नयाँ स्वरुपको मानचित्र ९नक्सा ० तयार गरि हस्तान्तरण गरिएको हो । पञ्चमुखी मार्वल्स तथा टायल्स एचएन्डआरजन्सन ब्राण्डको आधिकारिक बिक्रेता हो ।
नेपालको अतिक्रमित भुमी लिपुलेक लिपियाधुरा समेतलाई समेटेर नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि सो को खुशीयालीमा आफूले सो नक्सा बनाएर हस्तान्तरण गरेको सञ्चालक साहले बताए । नक्साको डिजाइनका लागि जानकार र अनुभवीहरुसंग परामर्श लिइएको साहले बताए ।
