झिलझिले, २० साउन-झापाको शिवसताक्षीमा रहेको एक विद्यालयका प्रधानाध्यापकलाई राजनीतिक पूर्वाग्रहको आधारमा पदमुक्त गराइएको नेपाल शिक्षक संघ शिवसताक्षीले जनाएको छ ।
शिवसताक्षी नपा वडा नं ७ स्थित शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक राजनारायण चौधरीलाई सोही वडाका वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन इजमले प्रचलित शिक्षा ऐन तथा नियमावली विपरित रहेर पदमुक्त गराइएको नेपाल शिक्षक संघ, शिवसताक्षीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस विषयमा शिवसताक्षी नपा वडा नं ७ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता समेत रहेका इजमले वरिष्ठताका आधारमा नै प्रअ बनाउने नियम भएतापनि उनले विव्यसको निर्णयको कार्यान्वयन नगरेको तथा पटक-पटक कागजात मिलाउने समय प्रदान गरेता पनि काम नगरेको नेपाल शिक्षक संघ शिवसताक्षीले जनाएको छ ।
संघले विद्यालयको काम कारवाहीमा समस्या आएको भन्दै बहुमतका शिक्षकहरुले मिटिङ बसी अयोग्य भएको हस्ताक्षर गरेको हुँदा निजलाई प्रअबाट हटाई अर्का शिक्षकलाई जिम्मेवारी प्रदान गरिएको बताए । संघले प्रअबाट पदमुक्त गर्ने निर्णय अविलम्ब सच्याउनु पर्ने माग गरेका छन् ।
