एजेन्सी, २१ साउन–लेबनानको एक गोदाममा विष्फोट हुँदा ७८ जनाको मृत्यु भएको छ। विष्फोटमा परि चार हजार भन्दा बढी मानिस घाइते भएका छन्। लेवनानको राजधानी बेरुतमा विष्फोटक पदार्थले भरिएको एक गोदाममा बिस्फोट भएको बुझिएको छ।

मारिनेमा बीबीसीका एक पत्रकार पनि रहेको रोयटर्सले जनाएको छ। गोदाममा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा भण्डारण गरिएको खुलासा भएको छ।​ लेवननका राष्ट्रपति मिशेल अउनले घटना निकै निन्दनीय भएको भन्दै घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएका छन्। घटना पछी लेवननमा तीन दिने शोक घोषणा गरिएको छ।

यसैबीच लेवननका प्रधानमन्त्री हसल दीबले घटना निकै गम्भीर भएको वताउदै जिम्मेवार जो कोही कानुनको भागीदार हुनुपर्ने जनाएका छन्। बिष्फोटका कारण बेरुत वरिपरिका भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन्। घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *