काठमाडौं, २१ साउन–आज विहान युएई र कतारबाट ४ सय ५९ जना नेपाली स्वदेश आएका छन्। युएईबाट हिमालय एयरको दुइ वटा उडानमार्फत् ३ सय ८ जना नेपाली स्वदेश फर्किका छन्।

कतारको दोहाबाट नेपाल एयरको एउटा उडानमार्फत १५१ जना नेपाली आइपुगेका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। युएई, कतार र साउदी अरबबाट गरी आज बेलुकीसम्म १४ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्कँदै छन्।

प्राधिकरणका अनुसार युएईबाट मात्रै साँझसम्म पाँच वटा उडानमार्फत ९ सय भन्दा धेरै नेपाली आउन लागेका छन्।

दिउँसो साउदी अरबको दमामबाट हिमालय एयरको विमानमार्फत् १५४ र कतार एयरवेजको विमानबाट २५० जना आउन लागेका प्राधिकरणले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *