एजेन्सी, २१ साउन–ब्राजिलियन स्टार स्ट्राइकर नेयमारको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आफ्नो जीवनको उत्कृष्ट पल बिताइरहेको बताएका छन् । उनले आफू सर्वश्रेष्ठ लयमा रहेको विश्वास गर्दै पीएसजीमा उत्कृष्ट पल बिताइरहेको बताएका हुन् ।

सन् २०१७ मा स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पीएसजी पुगेसँगै उनले नौवटा उपाधि जितेका छन् । उनले पीएसजीका लागि सबैखाले ८५ खेल खेल्दै ७४ गोल गरेका छन् ।

तर, पछिल्लो समय नेयमार बारम्बार ला लिगा क्लब बार्सिलाना फर्किने चर्चा चलेको छ । उनले पीएसजीलाई सिजन २०१९–२० मा लिग वान, फ्रान्स कप र फ्रान्स दि ला लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । अब उनी च्याम्पियन्स लिगको सफलताको दौडमा छन् ।

“यी तीन वर्षमा धेरै ज्ञान पाएँ । म केही खुसी र केही जटिलताका साथ क्लबमा रहें । जहाँ मैले चोटपटकका कारण केही खेल खेल्न असमर्थ भएको थिएँ,” नेयमारले भने, “मेरा टिम सहकर्मीको सहयोग र साथले हामीले आफ्नो प्रदर्शनलाई उत्कृष्टतामा बदल्दै उपाधि जित्यौं । जुन हाम्रा समर्थकहरू र क्लब फ्यानहरूले आफैं मूल्याङ्कन गर्न सक्नेछन् ।”

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *