काठमाडौं, २१ साउन–नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म संक्रमित हुनेको संख्या कुल २१ हजार ३ सय ९० जना संक्रमित पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्। त्यस्तै, गत २४ घण्टामा १ सय ३० जना कोरोनामुक्त भएका छन्।

योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *