दमक, २१ साउन–झापाको दमकमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । दमक नगर इसाई समाजको आयोजनामा भएको रक्तदानमा ५० प्रिन्ट रगत सङ्कलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईका अनुसार दमक नगर इसाई समाजले दमकमा ४०औं रक्तदान कार्यक्रम आयोजना गरिएको हो । उनले दमकमा इसाई समाजद्धारा ४०औं पटक रक्तदान कार्यक्रम आयोजना गर्दै सफलताका साथ सम्पन्न गरिएको बताए ।
अध्यक्ष पा.राईले रेडक्रस भवनमा भएको रक्तदानमा सहभागिहरुलाई अनिबार्य मास्क र सेनिटाइजरसहित सामाजिक तथा भौतिक दूरी कायम गराइएको जानकारी दिए ।
रक्तदानमा दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर थुलुङ, सचिव पाष्टर कुमार तामाङ, पूर्वअध्यक्ष पाष्टर राजकुमार राई, दावा शेर्पा, रक्तदान कार्यक्रम संयोजक पाष्टर हेमन्त सुब्बा लगायत दमकमा क्रियाशिल चर्चका पाष्टर तथा युवा युवतीहरु र सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुले रक्तदानमा सहभागिता जनाएका थिए ।
फोटो फिचरः






