काठमाडौं, २२ साउन–भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० हजार नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ३९ हजार ७९५ को कोरोना कारण मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ८५७ कोरोना संक्रमितको मृत्यु भएको छ भने ५२ हजार ५०९ संक्रमित थपिएका छन् । भारतमा संक्रमितको संख्या १९ लाख ८ हजार २५४ पुगेको छ ।

लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ ।

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे सूचिमा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *