धरमपुर, २२ साउन–शिवसताक्षी नगरपालिकाले नगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाट बजार बन्द गरेको छ ।

कोरोना नियन्त्रण तथा राहत व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले लकडाउन खुकुलो भएपछि साप्ताहिक रुपमा लाग्दै आएको बजार बुधबारदेखि बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाका बिर्तामोड र अर्जुनधारा नगरपालिकामा स्थानीय पालिकाले लकडाउन गरेपछि त्यसको प्रभाव शिवसताक्षी नगरका बजारमा समेत परेको हो ।

नगरका झिलझिले बजार सोमबार, दुधे बिहीबार, माईधार मंगलवार, शिवगञ्ज आइतबारका दिन बजार लाग्दै आएको थियो । साप्ताहिक बजार बन्द भएपनि स्थायी पसल भने खुल्ला हुने छन ।

खोलिएका पसलमा सामाजिक दुरी कायम राख्नका लागि अनिवार्य गोलो घेरा बनाइनुपर्ने, विक्रेता र क्रेताले अनिवार्य माक्स लगाएको हुनुपर्ने, पसलमा सेनिटाईजर वा हात धुने पानी र साबुनको व्यवस्था गरिएको हुनुपर्ने समितिले निर्णय गरेको छ ।

यस्तै, नगरका धार्मिक तथा पर्यटकीय स्थलमा पनि स्थानीय प्रशासनले कडाइ गर्ने भएको छ । दोमुखा र सताक्षीधाममा सर्वसाधरणको आवत जावत बढेको भन्दै ईलाका प्रहरी कार्यालय झिलझिलेले त्यसलाई रोक्ने भएको छ ।

दोमुखा र सताक्षीधाममा लकडाउन गरिएका पालिकाका स्थानीय बासिन्दाको आउने जाने क्रम बढेपछि प्रशासनले निगरानी बढाउने भएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *