माइधार, २२ साउन–झापाको शिवसताक्षी नगरपालिकाले कनकाई नदिको कटानबाट विस्थापित अति विपन्न तारा शेर्माको घर निर्माणका लागि मेची अभियानलाई अनुमति प्रदान गरेको छ ।

नगर कार्यापालिकाको आर्थिक वर्ष २०७७।०७८ अन्तर्गत पहिलो बोर्ड बैठकले घरबारविहीन तारा शेर्माको परिवार व्यवस्थापनका लागि शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित जनता आवास कार्यक्रम क्षेत्रमा जग्गा उपलब्ध गराउने निर्णय गरेपछि मेची अभियानलाई घर बनाउन बाटो खुलेको हो ।

शेर्माका ८ वर्षिया ठुली छोरी र ७ वर्षिया कान्छी छोरीसहित अढाई वर्षिय एक छोरा छन् । उनका श्रीमानको एक वर्षअघि देहान्त भइसकेको छ ।

ठूली छोरी र छोरासहित माइधारस्थित सुकुमबासी वस्तिस्थित कनकाई नदीको बगरमा छाप्रो बनाएर बसोबास गरिरहेका छन् । उनको ७ वर्षिया कान्छी छोरी काठमाण्डौंमा घरायसी काम गरिरहेका आमा तारा शेर्माले बताईन् ।

तस्विरः तारा शेर्मा र उनका दुई बर्षका छोरा

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *