काठमाडौं, २३ साउन–भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ४० हजार ६९९ को कोरोना कारण मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ९०४ कोरोना संक्रमितको मृत्यु भएको छ भने ५६ हजार २८२ संक्रमित थपिएका छन् ।
भारतमा संक्रमितको संख्या १९ लाख ६४ हजार ५३६ पुगेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ ।
भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे सूचिमा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ ।
