दमक, २३ साउन–झापाको माइधारस्थित कनकाई नदीको कटानबाट बिस्थापित १२ घर परिवारलाई दमक नगर इसाई समाजले खाद्यन्य सामागीहरु वितरण गरेको छ । इसाई समाजले विहिबार, शिबसताक्षी–१० माइधारस्थित सुकुमबासी गाउँमा एक कार्यक्रमबीच १२ घर परिवारलाई खाद्यन्य सामाग्रीहरु वितरण गरेको हो ।
खाद्यान्य सामाग्रीहरु पाउनेहरुमा भुपाल चौधरी, ललु ऋषिदेब, वाबुराम दर्जी, देवाल ऋषिदेब, महेन्द्र ऋषिदेब, पार्वती ऋषिदेब, शिरण ऋषिदेब, लाले ऋषिदेब, प्रेम उप्रेती, मिना ऋषिदेब, तारा शेर्मा लिम्बू र पुष्पा ऋषिदेब छन् । उनीहरुलाई २५ केजी चामाल, खाने तेल १ लिटर, हातधुने सावुन २ थान, लुगा धुने सावुन २ थान, नून १ पोका, चिनी १ केजी, विस्कुट, चाउचाउ र तरकारीहरु वितरण गरिएको हो । यसअघि, सोही गाउँकी विस्थापित तारा शेर्माको परिवारलाई २५ केजी चामल सहित अन्य सामाग्रीहरु वितरण गरिएको थियो ।

खाद्यान्य सामाग्री वितरण कार्यक्रममा समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राई, सल्लाहकार पाष्टर राजकुमार राई, पाष्टर मुक्ति थुलुङ, एल्डर सन्तोस रणपहेली, इसाई समाज दमकका युवा अध्यक्ष सुरज लिम्बू, झिलझिलेका सामाजिक अगुवा दिनेश गजमेरको उपस्थितिमा खाद्यान्य सामाग्रीहरु वितरण गरिएको हो । कार्यक्रममा शिबसताक्षी नगरपालिका वडा नं १० का वडा सदस्य भाष्कर सिटौलाको उपस्थिति थियो ।
असार अन्तिम साता र साउनको पहिलो साता कनकाई नदीमा आएको बाढीले कटान गरेको सुकुमवासी गाउँका १२ घर परिवार विस्थापित भएका थिए । सो गाउँमा नदीले ४ घर पूर्णरुपले कटान गरेको र ८ घर परिवार जोखिम अवस्थामा पारेपछि प्रहरी र नगरपालिकाले उद्धार गरेको हो ।

