काठमाडौं, २३ साउन–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा पर्साका तीन जना, सर्लाही र सिरहाका एक-एक जना रहेका छन् ।
सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २२ गते बिहान ८स्४१ बजे निधन भएको छ । पर्साको विरगन्ज ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा निधन भएको छ ।
पर्साका विरगन्जमा ७९ साउन २० गते राति निधन भएको र उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।
पर्साकै ५७ वर्षीय पुरुषको साउन २२ गते बिहान ९ बजे गण्डक अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको छ । उनी मधुमेह, उच्च रक्तचार र मुटुको रोगी थिए ।
सिरहाका गोलबजार २५ वर्षीय पुरुषको साउन २२ गते राति १० स् ४५ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
