काठमाडौं, २४ साउन–म्यान्चेष्टर सिटी र लियोनले जारी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्।

गएराती भएको प्रतिष्पर्धामा युभेन्टसलाई पराजित गर्दै लियोन र रियल मड्रिडलाई हराउँदै म्यानचेष्टर सिटी क्वार्टरफाइनल प्रवेश गरेका हुन्। युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि अवे गोलमा जीत निकाल्दै लियोनले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

दोस्रो लेगको खेलमा लियोनले पनि दुई गोल गरेको छ। यस्तै, म्यानचेष्टर सिटीले रियल मड्रिडलाई २–१ गोलअन्तरले पराजित गरेको हो। सिटीका लागि रहिम स्ट्रेलिङ र ग्याब्रियल जेससले गोल गरे भने मड्रिडका लागि करिम बेञ्जेमाले सान्त्वना गोल गरे।

अन्तिम आठमा पुगेका सिटी र लियोनबीच आउँदो शनिबार प्रतिष्पर्धा हुनेछ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *