दमक, २४ साउन–दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान गर्दै झापा दमक–१ निवासी सम्झाना साँवा लिम्बूले आज जेष्ठनागरिकहरुलाई फलफूल, मिष्ठान, दानदक्षिणा वितरण गर्नुका साथै अक्षयकोषमा रु १५ हजार ५ सय ५५ सहयोग प्रदान गर्नुभएको छ ।

दमकमा बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखामा कार्यरत साँवाले दमक–४ को रत्न जेष्ठ नागरिक बृद्ध आश्रमका आश्रित जेष्ठनागरिकहरुलाई फलफूल, मिष्ठान, दान दक्षिणासहित बृद्ध आश्रमको संस्थागत विकासको निम्ति १५ हजार ५५५ रुपैया सहयोग गरेकी हुन् । आश्रममा ७ जना जेष्ठनागरिकहरु आश्रित छन् ।

सो अवसरमा साँवाले पितृहरूको स्मरणमा श्रद्धा र सम्मान गर्दै रत्न जेष्ठ नागरिक बृद्ध आश्रमलाई सहयोग गर्न पाएकी बताईन् । उनले सो रुपैया आश्रमका कार्यसमिति सदस्य समेत रहनुभएका दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य अशिम राईलाई प्रदान गरिन् ।

कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाका प्रमुख एबम् हाम्रोसरोकार न्यूज पेपरका प्रवन्धक सुमन थुलुङ राई, साँवाका पति दिलकुमार लिम्बू र छोरी मिङ्सा र छोरा युक्फुङ लिम्बू लगायतको उपस्थिति थियो ।

सोही अवसरमा दमक-१ की निर्मला लावोती लिम्बूले पनि जेष्ठनागरिकहरुलाई फलफूल तथा मिष्ठान प्रदान गरेकी थिईन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *