काठमाडौं, २४ साउन–आज (शनिबार) नेपालमा कोरोना पुष्टि भएका ३७८ जनामध्ये काठमाडौं उपत्यकाका ६२ जना हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा अहिले संक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको जानकारी दिए ।

आज ७ हजार ७८८ पीसएआर परीक्षण गरिएको थियो । यस्तै, आज ४९९ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *