दमक, २४ साउन–झापाको दमकमा शुक्रबार सम्पन्न दमक नगर इसाई समाजको २४औं स्थापना दिवस तथा ८औं साधारणसभाले पुर्नःपाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा १२ सदस्सीय रहेको समिति पूनःगठन गरिएको छ ।

नवगठित समितिको  उपाध्यक्षमा पाष्टर हेमन्त सुब्बा, सचिवमा पाष्टर कुमार तामाङ, सहसचिवमा पाष्टर डिके बेघा लिम्बू र कोषाध्यक्षमा प्रमिला मगर छन् ।

त्यस्तैं, सदस्यहरुमा एल्डर प्रशा बहादुर राई, एल्डर कुमार मगर, एल्डर वीरेन राई, श्रीमनी रीता श्रेष्ठ, पाष्टर दिपक कार्की, पाष्टर राम राई र पदेन सदस्य पाष्टर मुक्ति किराती थुलुङ छन् ।

सोही अवसरमा सल्लाहकार समिति समेत गठन गरिएको छ । वरिष्ठ सल्लाहकारमा रेभ एन.डी थुलुङ, सल्लाहकार सदस्यमा किशोर सुनुवार, पाष्टर राजकुमार राई र रेभ दावा शेर्पा छन् ।

कार्यक्रममा पाष्टर डम्बर भट्टराईले सहभागिहरुलाई उत्साह प्रवचन राख्नुभएको थियो । कार्यक्रमको संञ्चालन दमक नगर इसाई समाजका सचिव पाष्टर कुमार तामाङले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *