काठमाडौं, २५ साउन–स्पेनिस क्लब बार्सिलोना यो पटक अप्रत्यासीत नतिजा ब्योहोर्दै प्रतिष्ठित ला लिगा च्याम्पियन हुन असफल भयो। कोरोना महामारी सुरु हुनुअघि उपाधि जित्ने ढुक्क जस्तै देखिएको बार्सिलोना झन्डै ४ महिना लामो कोरोना ब्रेकपछि मैदान फर्किँदा पुरानो लय कायम गर्न असफल भयो। अन्ततः खराब प्रदर्शनको नतिजा भोग्दै लालिगा गुमायो।
तर अब उसका लागि ला लिगाको घाउमा मलहम लगाउने विकल्पका रुपमा च्याम्पियन्स लिग छ। जहाँको यात्रा पनि बार्सिलोनका लागि सहज छैन। युरोपेली च्याम्पियन्स लिग फुटबलमामा नेपाली समयअनुसार शनिबार राति १२ स् ४५ बजे अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले इटालियन क्लब नापोलीको सामना गर्दैछ। पहिलो लेग १-१ को बराबरीमा टुंगिएकाले पनि दोस्रो लेग दुवै टिमका लागि उतिकै महत्वपूर्ण छ।
आफ्नै घरमा खेल्दा क्वाटरफाइनल पुग्न बार्सिलोना तुलनात्मक रुपमा बलियो प्रत्यासी हो। त्यसो त बार्सिलोनाका लागि घरेलु मैदानको पछिल्ला नतिजा र खेलहरू सन्तोषजनक छैन्। त्यसैले पनि बार्सिलोनाको संकट टरिसकेको मान्न मिल्दैन। प्रशिक्षक क्विक सेटिन चर्को दबाबमा छन्। बार्सिलोनाले पछिल्लोपटक च्याम्पियन्स लिगको उपाधि जितेको पनि पाँच वर्ष भइसकेको छ। पाँचौ उपाधि जितेको लामो समयपछि बार्सिलोना छैटौं उपाधि जित्ने अभियानमा छ।
बार्सिलोनाको आस फेरि पनि ३३ वर्षीय लियोनेल मेसीमै अड्किएको छ। नापोली भने यस सिजन इटालियन कप जितिसकेकाले आत्माविश्वासी देखिएको छ। सिरिए च्याम्पियन युभेन्टसलाई हराएको जोस भरिएकाले बार्सिलोना नापोलीसँग सतर्क छ। नेपाली समयानुसार मध्यरातमा हुने भिडन्त दुवै टिमका लागि महत्वपूर्ण हुने छ।
