एजेन्सी, २५ साउन–च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले उतारचढावलाई विश्लेषण गर्ने समय भएको बताएका छन्। अफिसियल फेसबुक पेजमार्फत धारणा सार्वजनिक गर्दै रोनाल्डोले २०१९÷२० को सिजन सोचे भन्दा चाँडै समाप्त भएकाले यो परार्वतन र उत्तारचढाव विश्लेषण गर्ने उचित समय भएको बताएका छन्।

‘युभेन्टस जस्ता विशाल क्लबले जहिले पनि विश्वको सर्वश्रेष्ठ जस्तो सोच्न पर्छ, विश्वको सर्वश्रेष्ठ जस्तो काम गर्नुपर्दछ, ता कि हामी आफैंलाई विश्वको सबैभन्दा राम्रो र सबभन्दा ठूलो क्लबहरू भन्न सकौं।’ रोनाल्डोले भनेका छन्। कठिन वर्षमा सिरिएको उपाधि जित्नुमा गर्व लागेको रोनाल्डोले लेखेका छन्। ‘यस्तो कठिन वर्षमा पुन स् सिरिए जित्नु त्यस्तो कुरा हो जसमा हामी धेरै गर्व गर्छौं। व्यक्तिगत रूपमा, युभेन्टसका लागि ३७ गोल र पोर्चुगल राष्ट्रिय टिमका लागि ११ गोल गर्नुले हरेक बर्ष मलाई महत्वाकांक्षा र प्रत्येक वर्ष अझ राम्रो र राम्रो गरिरहने इच्छाको साथ भविष्यको सामना गर्ने बनाउँदैछ।’ उनले प्रशंसकहरुले बढि आशा राखेका उनीहरुको मागलाई सम्बोधन गर्नुपर्ने बताए।

‘प्रशंसकहरु हामीबाट धेरै माग राख्दछन्। उनीहरुले हामीबाट बढी आशा राखेका छन्। र हामीले प्रदान गर्नुपर्छ। हामीले उच्च अपेक्षाहरुमा बाच्नुपर्छ।’ रोनाल्डोले भनेका छन् ‘यो छोटो विश्रामले हामी सबैलाई भविष्यको लागि सर्वोत्तम निर्णय लिन र पहिला भन्दा धेरै मजबुत बनाउन प्रतिबद्ध बनाउँछ।’

प्रशिक्षक सार्री बर्खास्त नयाँ प्रशिक्षकमा आन्द्रे पिर्लो​

च्याम्पियन्स लिगमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएलगतै युभेन्टसले प्रशिक्षक प्रशिक्षक माउरिजियो सार्रीलाई बर्खास्त गरेको छ। सारीको बखास्तपछि नयाँ प्रशिक्षकको रुपमा पुर्व खेलाडी आन्द्रे पिर्लो नियुक्त भएका छन्। उनले ३० जुन २०२२ सम्म प्रशिक्षक रहने गरी सम्झौता गरेको युभेन्टसले जनाएको छ। यु–२३ को प्रशिक्षकको रुपमा नियुक्त भएको १ महिना नवित्दै पिर्लोले सिनियर टिम सम्हाल्ने मौका पाएका हुन्।

सारी सिजनका सुरुवातमा चेल्सी छाडेर युभेन्टस आएका थिए। उनको नेतृत्वमा युभेन्टस इटालियन सुपर कप र कोपा इटालिया दुवै प्रतियोगिताको फाइनलमा पराजित भएको थियो। सार्रीको बर्खास्तीको मुख्य कारण च्याम्पियन्स लिगबाट बाहिरिनुलाई लिइएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *