काठमाडौं, २५ साउन–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सिसिएमसीको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।

तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उच्च स्रोतका अनुसार मन्त्रालयका चारजना संक्रमितमा तीन जना कार्यलय सहयोगी रहेका छन्। एक जना मन्त्रालयकै एक अधिकारीका ड्राइभर रहेका छन्।

संक्रमण देखिएका कार्यालय सहयोगीहरुले मन्त्रालयका उच्च अधिकारीहरुलाई चिया(खाजा खुवाउने काम गर्दै आएका थिए। संक्रमण देखिएपछि अब उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरी अन्य कर्मचारीलाई क्‍वारेन्टाइनमा राख्‍ने तयारी गरिएको छ। अन्यको पनि नमूना लिने तयारीमा मन्त्रालय रहेको छ।

संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *