झापा, २५ साउन–वरिष्ठ पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ । लामो सयमदेखि मृगौला रोगको उपचार गराउँदै आएका पत्रकार श्रेष्ठको अइतवार अपरान्ह पौने ६ बजेतिर मेचीनगर १० धुलावारीस्थित निजी निवासमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार एक साता अघि गम्भीर विरामी भए पछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलबाट आज घर पुर्याएको केही घण्टमामै उनको निधन भएको थियो ।
रासस भद्रपुरको कार्यालय प्रमुख रहेका पत्रकार श्रेष्ठ राससबाट अवकाश पाएपछि घरमै थिए । उनका थुर्पै साहित्यिक रचना प्रकाशित छन् । उनका पत्नी, दुई छोरा र एक छोरी छन् ।
भक्तपुर इनाचो टोलमा विसं २०१३ सालमा जन्मनु भएको उहाँका ५ वटा कृतिहरु प्रकाशित छन् । ढुङ्गामाथि तरेलिएका फूल र पातहरु (कविता) २०४८, अन्तहीन यात्रा (कविता सङ्ग्रह) (२०५२, हुट्टिट्याउँले आकास थामेको देश (कविता), २०५६, क्यातुके फूल (कथा सङ्ग्रह) २०६८, स्मृतिका ती दिनहरु (संस्मरण सँगालो) २०७१ छन् ।
