पर्सा, २६ साउन–वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्युपछि रिपोर्ट पोजेटिभ आएको हो। उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामीको अचानक स्वास्थ्यमा गडबडी भएपछि उनको आइतवार गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

श्वासप्रश्वासमा अचानक समस्या भएपछि उनलाई अस्पताल ल्याइएको र कोरोना संक्रमण भए नभएको थाहा नहुँदै उनको ज्यान गुमेको गण्डक कोभिड अस्पतालका इन्चार्ज डाक्टर निरज सिंहले जानकारी दिए। यसै गरी पछिल्लो पटक पर्सामा थप २२ जना थपिएका छन्।

थपिएका मध्ये १६ पुरुष र ६ महिला रहेको अस्पतालले जनाएको छ। ती मध्ये फार्मेसीमा कार्यरत कर्मचारी, प्रहरीलगायत रहेको सिंहको भनाइ छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *