काठमाडौं (एजेन्सी), २६ साउन–ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ब्राजिलमा ९९ हजार ५७२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

यता बीबीसीले भने ब्राजिलमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख नाघिसकेको जनाएको छ । आइतबार ब्राजिलमा १ हजार ७९ कोरोना संक्रमितको ज्यान गएको छ ।

ब्राजिलमा २९ लाख ६२ हजार ४४२ जनामा कोरोना संक्रमण देखिसकेको छ । अमेरिका पछि सबैभन्दा कोरोना प्रभावित देश ब्राजिल हो ।

संक्रमणको पहिलो ३ महिनामा ब्राजिलमा ५० हजार कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो ५० दिनमा थप ५० हजार संक्रमितको ज्यान गएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *