एजेन्सी, २६ साउन–ब्राजिलियन स्टार खेलाडी विलियनले चेल्सी छाड्ने भएका छन् । पछिल्लो समय प्रिमियर लिग क्लब आर्सनल जाने चर्चा चलेका विलियनले क्लबमा नयाँ सम्झौता नगर्ने भएका हुन् ।

पछिल्लो समय विलियनलाई धेरै क्लबले अनुबन्धको प्रयास गरिरहेका छन् । बीबीसी स्पोट्र्सका अनुसार विलियनले क्लबसँग नयाँ सम्झौता नगर्ने भएका हुन् ।

उनी आर्सनलसँग सम्झौता गर्ने तयारीमा भएको बताइएको छ । यस्तै विलियनले पनि चेल्सी छाड्ने समय आएको पनि बताएका हुन् । “अब चेल्सी छाड्ने समय आएको छ । मैले चेल्सीमा रहँदा धेरै राम्रो समय बिताएको छु । मैले आफूले सकेसम्म क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्ने योजना थियो । चेल्सी मेरा लागि उत्कृष्ट समय भयो,” विलियनले भने ।

विलियन सन् २०१३ मा चेल्सीमा आएका हुन् । उनले चेल्सीका लागि २३४ खेल खेल्दै ३७ गोल गरेका छन् । उनले दुई प्रिमियर लिगको उपाधिसँगै पाँच ठूला उपाधि जितेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *