दमक, २६ साउन–झापामा ९ सहित प्रदेश १ मा ४२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ९, मोरङमा १६, सुनसरीमा १४ खोटाङ र धनकुटामा १–१ तथा सिराह ठेगाना भएका एक गरी ४२ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १ महिला ८ पुरुष, धनपालथान गाउँपालिकामा १ महिला २ पुरुष, सुन्दरहरैचामा ३ र पथरीशनिश्चरे नगरपालिकामा एकजना संक्रमित थपिएका छन् ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा ९, इटहरी उपहानगरपालिकामा १ र रामधुनी नगरपालिकामा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

झापाको भद्रपुरमा ३ जना, गौरादहमा ५ जना र कमल गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् ।

धनकुटामा १ जना र खोटाङमा एकजना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै सिराहको एकजना संक्रमित थपिएका छन् ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६५ पुगेको छ । तीमध्ये ९ सय १५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *