काठमाडौं, २६ साउन–नोभेल कोरोना भाइरसका ३३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३३८ संक्रमित थपिएका हुन् ।

बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शुक्रबार ४६४, शनिबार ३७८ र आइतबार ३८० कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १४० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ४९३ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ४३२ हजार जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ५२ हजार २३६ रहेको छ । हालसम्म देशभरका क्‍वारेन्टिनमा १० हजार ६५९ मानिसहरु रहेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *