एजेन्सी, २६ साउन–यूईएफए युरोपा लिगअन्तर्गत क्‍वार्टरफाइनल खेलमा आज (सोमबार) दुई खेल हुँदै छन् ।

आज हुने खेलमा इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब लिभरकुसेनसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल राति १२स्४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै दुवै टोली युरोपा लिगको सेमिफाइनल यात्रा तय गर्ने योजनामा छन् । इन्टर मिलान युरोपा लिगको तीनपटकको विजेता टोली हो ।

सन् १९९८ बाट युरोपा लिगको उपाधि जित्‍न सकेको इन्टर मिलान यो सिजन भने लिग उपाधि जित्‍ने योजनामा छ । यता लिभरकुसेन पनि इन्टर मिलानलाई हराउँदै अन्तिम चारमा स्थान बनाउने योजनामा छ ।

आजै हुने अर्को खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले डेनिस लिग क्लब कोपेहङ्गेसँग प्रतिस्पर्धा गर्दै छ ।

आजको खेलमा जित निकाल्दै दुवै टोली सेमिफाइनलमा स्थान बनाउने योजनामा छन् । युनाइटेड सन् २०१७ को युरोपा लिग विजेता टोली हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *