काठमाडौं (एजेन्सी), २६ साउन–बाबा रामदेवको पतञ्जली आयुर्वेदले सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक बन्नका लागि प्रक्रिया अघि बढाएको छ।

चिनियाँ मोबाइल कम्पनी भिभोले आइपिएलको मुख्य प्रायोजकबाट हात झिकेपछि पतञ्जलीले प्रक्रिया अघि बढाएको हो।

ुपतञ्जली विश्व मार्केट गएदेखि नै हामीले आइपिएलको मुख्य प्रायोजकका लागि विचार गरिरहेका थियौ,ु पतञ्जलीका प्रवक्ता एसके तिजारावालाको भनाइ उधृत गर्दै इकोनोमिक टाइन्सले लेखेको छ।

पतञ्जलीले सिजनको आइपिएलमा प्रायोजनका लागि भातरीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई० लाई प्रस्ताव बुझाउन तयारी गरिरहेको छ।

विदेशी ब्रान्डलाई प्रायोजक बनाएको भन्दै ब्यापक आलोचना भएपछि चिनियाँ ब्रान्ड भिभो बाहिरिएको थियो। त्यसपछि राष्ट्रवादी ब्राण्ड बन्नका लागि पतञ्जलीले आइपिएलको मुख्य प्रायोजक बन्न चाहेको हो।

रामदेवको कम्पनीले टुथपेस्ट, मह र चाउचाउका साथै प्राकृतिक उत्पादनहरु बेच्ने गर्छ। कोरोनाका कारण स्थगित आइपिएल युएईमा हुने तय छ। खेलहरु खाली रंगशालामा हुनेछन्।

मुख्य प्रायोजकबाट भिभो बाहिरिएपछि बिसिसिआइले विभिन्न कम्पनीसँग कुराकानी गरिरहेको छ। भिभोले एक वर्षका लागि ४ सय ४० करोड भारु मुख्य प्रायोजनका लागि तिर्ने गरेको थियो।

यसपटकका लागि बिसिसिंआईले मुख्य प्रायोजक बन्न चाहाने कम्पनीलाई ५० प्रतिशत छुट दिन प्रस्ताव गरेको बुझिएको छ। किनभने बसिसिआई अर्को वर्ष प्रायोजनका लागि अर्कै प्रायोजन गर्न तयारी गरिरहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *