केर्खा (कमल), २६ साउन–झापाको कमल गाउँपालिका-३ केर्खास्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका एक जना पुरुषमा कोभिड-१९ पोजेटिभ देखिएको छ ।

दुवईबाट आएर क्वारेन्टाईनमा रहेका कमल गाउँपालिका ३ का ३२ वर्षीय पुरुषमा कोभिड-१९ पोजेटिभ देखिएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाले अहिलेसम्ममा ३ सय ४९ जनाको पिसिआर परिक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको कमल गाउँपालिका स्वस्थ्य शाखाका अधिकृत ईन्द्र अर्यालले जानकारी दिए ।

यस अघि गाउँपालिकाको वडा नम्वर १ र ५ कोभिड १९ पोजेटिभ देखिएका दुबै जना पुरुष स्वास्थ्य सामान्य भएर घर फर्की सकेको अधिकृत अर्यालले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *