काठमाडौं, २६ साउन–कोरोना भाइरस संक्रमणबाट आज (सोमबार) थप एक जनाको ज्यान गएको छ । ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

काभ्रे निवासी ती महिला साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् भने उनको आज बिहान ९ बजे मृत्यु भएको थियो । मृतकमा निमोनियका साथै छातीको समस्या देखिएको थियो । उनको आज दिउँसो ४ बजेतिर मात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । आजै स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप ४ जनाको मृत्यु भएको जानकारी गराइएको थियो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षीय पुरुषको आज निधन भएको थियो ।

यस्तै बाँकेको कोहलपुर नगरपालिका-२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उनले बताए । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् ।

यस्तै, पर्साको देवयानी-१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *