काठमाडौं, २७ साउन–धेरैका लागि लकडाउन शुभ रहेन। तर, गीतकार डिआर उपाध्यायका लागि भने यो लकडाउन निक्कै फलदायी रह्यो। कारण उनले यहि लकडाउनको समयमा लेखेका १७ गीतले एकै पटक विश्व कीर्तिमान कायम गरेका छन्।

आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले डा.उपाध्यायलाई विश्व रेकर्डका १७ वटा प्रमाण पत्र प्रदान गरे । प्रमाणपत्र प्रदान गरे लगत्तै मन्त्री यादवले डा.उपाध्यायको कामले आफू हर्सित भएको उल्लेख गरे। डा.उपाध्यायले यसअघि पनि गीत संगीतका विभिन्न काम गरेर पटक पटक गरी १५ वटा विश्व रेकर्ड कायम गरिसकेका थिए।

आइतबार एकै पटक विश्व रेकर्डका १७ प्रमाणपत्र प्राप्त गरेका हुन्। उनले गीत संगितमा सामाजिक सद्भावको गीत, हरेक शब्दमा फरक फरक गायक गायिकाको स्वर समावेश गर्ने लगायतका १७ प्रयोग गरेका कारण विश्व कीर्तिमान कायम गरेका हुन्।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विश्वमै एकैपटक यति धेरै विश्व रेकर्ड राख्ने डा.उपाध्याय नै पहिलो ब्यक्ति भएको भन्दै प्रशंसा गरेका छन्। डा.उपाध्यायले समाजमा भैरहेका कुरालाई फरक तरिकाले प्रस्तुत गरौं भन्ने उदेश्यले अभिप्रेरित भै काम गरेको बताए। उपाध्यायले आजै संसारकै सानो गीति पुस्तक सार्वजनिक गरेका छन् ।

उपाध्यायलाई विश्व रेकर्ड राख्ने काममा संगीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारीले साथ दिएका छन् । डा. उपाध्यायले आफूले गीत विश्व रेकर्डका लागि भन्दा पनि समाजका लागि लेखेको बताएका छन् । तर, समाजमा पनि अरुले गरेभन्दा फरक गरौं भन्ने सोचले आफ्नो काम विश्व रेकर्डमा लेखिन सफल भएको उपाध्यायले बताए । २०७५ साल असार ८ गते पहिलो एल्बम ‘प्रणय’ एल्बमबाट सुरु भएको डीआर उपाध्यायको संगीतिक यात्राले ३२ विश्व रेकर्ड कायम गरेको छ ।

डा.उपाध्यायले सबै वर्ग, पेशा र समुदायका लागि गीत लेखेका छन् । गीतमा हरेक चाडपर्वलाई समावेश गरेका छन् । उनका गीतमा प्रेम, रोमान्स, यातना, भावना तथा वैभव सबै कुरा अटाएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *