काठमाडौं, २७ साउन–नेपालमा पछिल्लो २४ घण्टाभित्रै ६३८ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या सात हजार २०१ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ भने मृतकको संख्या ८३ पुगेको छ । नेपालमा केहि दिनयता देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
