एजेन्सी, २८ साउन–भारतको खेलकुद क्षेत्रमा पनि एकपछि अर्को गरी कोरोनाका घटनाहरू सार्वजानिक भइरहेका छन्। त्यहाँको राष्ट्रिय हकी टोलीका आधादर्जन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये फरवार्ड मन्दीप सिंहलगायत केही खेलाडीको स्वास्थ्यावस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्‌।

मंगलबार स्पोर्टस अथोरिटी अफ इन्डिया साईले मन्दीपको स्वास्थ्यअवस्थाबारे जानकारी गराएको हो। जसअनुसार मन्दीपको ब्लडमा अक्सिजनतह सामान्य भन्दा निकै कम रहेको जनाइएको छ। उनलाई बैंगलोरस्थित एक मल्टी स्पेशियलिटी हस्पिटलमा सारिएको छ। टोकियो ओलम्पिकको तयारीका लागि हकी टिमलाई २० अगस्टदेखि नेशनल क्याम्पमा राख्ने तयारी गरिएको थियो।

संक्रमण देखिएपछि अहिले खेलाडीहरुलाई बैंग्लोरस्थित क्वारेन्टाइनमा राखिएको छ। २० खेलाडीको स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ। कप्तान मनप्रित सिंह, डिफेन्डर सुरेन्द्र कुमार, जसकरन सिंह, वरुण कुमार तथा कृष्ण बी पाठक संक्रमित भएका छन्। थप खेलाडी समेत संक्रमित रहेको आशंका गरिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *