दमक, २८ साउन–झापाको दमकमा रहेको मेची सहकारी संस्थाले पूर्व अध्यक्ष स्व.गणेश प्रसाद बस्नेतको स्मृतिमा स्थापना गरिएको सहकारी अभियान्ता पुरस्कारवाट यसवर्ष ओमदेवी मल्ललाई पुरस्कृत गर्ने भएको छ । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष एबम् सहकारी अभियान्ता मल्ल तीस हजार रुपैयासहित सम्मानपत्रद्धारा पुरस्कृत हुने भएको हो ।

त्यस्तै, मेची सहकारी संस्थाले आफ्ना पूर्व अध्यक्ष स्व. बस्नेतको स्मृतिमा स्थापना गरेको स्व.गणेश प्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार गिरीराज भट्टराईलाई पुरस्कृत गर्ने भएको छ । पत्रकार भट्टराईसहित मेची सहकारी पुरस्कारवाट उर्लावारीका पत्रकार रुपेन्द्र शेर्मा र मेची सञ्चार गृह पुरस्कारवाट विर्तामोडको साझामञ्च अनलाईन पत्रिकालाई प्रदान गरिने भएको छ ।

पत्रकार भट्टराई १० हजार, शेर्मा र साझामञ्चलाई पाँच–पाँच हजारसहित सम्मानपत्रद्धारा कार्यक्रममा पुरस्कृत हुने भएको हो ।  भदौ १२ गते हुने २४ औ बार्षिकोत्सव तथा २६ औ साधारणसभाका अवसरमा नगद, सम्मान पत्रसहित सहकारी अभियान्ता मल्ल, पत्रकार भट्टराई, पत्रकार शेर्मा र सञ्चार संस्था साझामञ्च पुरस्कृत हुने भएका हुन् ।

मेची सहकारी संस्थाद्धारा बुधबार संस्थाको प्रधान कार्यालय दमकमा आयोजित पत्रकार भेटघात कार्यक्रममा यस्तो जानकारी गराएको हो । सहकारी संस्था सञ्चार उपसमितिका संयोजक गीता कुँवरका अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सहकारी संस्थाको २४औं बार्षिकोत्सव तथा २६औं साधारणसभा विषयमा पत्रकारहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा सस्थाका अध्यक्ष नारायणप्रसाद भट्राईले यसवर्ष आयोजना गरिन लागेको संस्थाको बार्षिकोत्सव तथा साधारणसभा कोरोना भाइरसको संक्रमणको त्राशले केही समस्या भएको बताए । उनले मेची सहकारी संस्थाले मोरङको उर्लाबारी, मधुमल्लाबाट सेवा केन्द्रको रुपमा कार्यालय स्थापना गरेको र छिट्टै मोरङको शनिश्चरे पथरी र रतुवामाई नगरपालिकामा सेवा केन्द्र स्थपाना गर्ने तयारीमा रहेको बताए ।

त्यस्तै, उनले इलामको चुलाचुली र झापाको गौरादह र शिबसताक्षीमा समेत सेवा केन्द्र स्थापना गर्ने लक्ष्य राखेको बताए ।

सो कार्यक्रममा संस्थाका प्रवन्धक तथा व्यवस्थापक खोमप्रसाद बगालेले सहकारी संस्थाको बित्तिय अवस्था र आगामी लक्ष्यासहितको योजनाहरुका बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *