काठमाडौं, २८ साउन–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना रहेका छन् ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ टेकु निवासी ७८ वर्षीया महिलाको साउन २८ गते ०५ बजे किष्ट मेडिलकल कलेज शिक्षण अस्तपालमा मृत्यु भएको छ ।

धादिङका ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।

धनुषाको जनपुर उपमहानगरपालिका-१ का ७१ वर्षीय पुरुषको साउन २८ गते ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ ।

धनषाकै जनकपुर उपमहानपालिका-८ का ३८ वर्षीया महिला साउन २८ गते १स्०५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तपतालमा मृत्यु भएको छ ।

सप्तरीको राजविराज-६ ७२ वर्षीय पुरुषको साउन २७ गते राति मृत्यु भएको छ ।

मोरङ बुढीगंगा गाउँपालिकाका ५५ वर्षीय पुरुषको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

कपिलवस्तु कपिलवस्तु नगरपालिका-२ तौलिहवाका ४२ वर्षीय पुरुषको साउन २८ गते बुटवल कोभिड-१९ विशेष अस्पतालमा मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको साउन २७ गते किष्ट डिलकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेमो संख्या ९१ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *