काठमाडौं, २९ साउन–प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफल सकिएको छ। पार्टीभित्रको विवाद समाधान गर्न बसेको छलफल सकारात्मक दिशातिर अघि बढेको नेताहरुले बताएका छन्। पार्टीभित्रको विवाद समाधान गर्न बसेको सकारात्मक दिशाउन्मुख भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजन संवादमा नेकपाको विवाद मिल्ने घोषणासहित ५ दिनको डेटलाइन तोकेका थिए। प्रधानमन्त्री ओलीले ५ दिनको डेटलाइन तोकेको भोलिपल्ट अध्यक्ष प्रचण्ड उनलाई भेट्न बालुवाटार पुगेका थिए। गत मंगलबार लगानी बोर्डको सिइओ नियुक्तिको बिषयलाई लिएर ओली-दाहाल चर्काचर्की भएको थियो। त्यही विवादपछि भेटवार्ता हुन सकिरहेको थिएन।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मासहितका नेताहरु दुई अध्यक्षबीच कुरा मिलाउन जुटेका थिए। ओलीले बुधबार आफू पार्टी फुटाउने होइन, जुटाउने लाइनमा रहेको बताएका थिए।

प्रधानमन्त्री ओलीबाट सरकार र पार्टीको नेतृत्व नचलेको भन्दै अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्थायी कमिटीमा राजीनामा मागेपछि विवाद चर्किएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *