काठमाडौं, २९ साउन–नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार थप चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको हो ।

महोत्तरीको मटिहानीका ४५ वर्षीय पुरुषको साउन २५ गते रामजानकाी अस्पतालमा मृत्यु भएपछि कोरोना पुष्टि भएको हो ।

धनुषाको मिथिला-७ ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

अछाम रामारोशन गाउँपालिकाका १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको छ ।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा मृत्यु भएको छ ।

प्रदेश अनुसार मृत्यु हुनेको संख्या प्रदेश १ मा ८ पुरुष, प्रदेश २ मा २८ पुरुष र ११ महिला, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष ३ महिला, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्‍चिम प्रदेशमा ५ पुरुष र तीन महिला रहेका छन् ।

बुधबार थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । बुधबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *