डुडामारी, २९ साउन–झापाको शिबसताक्षी–८ डुडामारीबाट दक्षिण फाक्तेपहुदै हिमाली चौकबाट हल्दिबारी–हवलदार चौकसम्म जोड्ने सडकको आज प्रदेश सांसद झलकसिंह दर्लामी मगरसहितको एक टोलीले स्थलगत अनुमगन गरेका छन् ।

सांसद दर्लामीका स्वकीय सचिव दुार्ग नेम्बाङका अनुसार प्रदेश १ सरकार अन्तर्गत प्रदेश निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सांसद कोषबाट रु ५० लाखको लागतमा पहिलो चरणको ६ सय १५ मिटर कालोपत्रे निर्माण कार्यको सांसद दर्लामीसहितको टोलीले अनुगमन गरेका हुन् ।

सांसद दर्लामीसहित शिबसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, नगरपालिकाका बरिष्ड कार्यक्रम अधिकृत तथा सुचना अधिकारी प्रकाशचन्द्र चौधरी, इन्जिनियर कृष्ण राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसतााक्षीका प्रेम याम्फु राई, नगर सदस्य भुवन राई, धनेन राई, प्रेम मेन्याङ्बा लगायतको सहभागिता थियो ।

अनुगमन पश्चात सांसद दर्लामीले सडक निर्माण कम्पनी र स्थानीय उपभोत्ताहरुलाई निर्माण सामाग्रीमा गुणस्तरीयतालाई विशेष ध्यान दिन सुझाएका थिए । सो क्रममा सांसद दर्लामीले इन्जिनियरहरुसँग सडक निर्माणका चरणहरुको बारेमा चासो राखेका थिए ।

सो सडक निर्माण कार्य सम्पन्न भएपछि दक्षिणी क्षेत्रमा उत्पादित कृषि उपजहरु राजमार्ग आसपासका चौक–बजारहरुमा ल्याउन कृषकहरुलाई सहज हुने स्थानीय उपभोत्ता एबम् नेकपा नगर सदस्य भुवन राईले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *