दमक, २९ साउन–बैक तथा वित्तीय संस्थाहरुमा भिडभाड हुने र त्यसले जोखिम निम्त्याउन सक्ने भएकाले नगरभित्र रहेका बैक तथा वित्तिय संस्थाहरु भोलिदेखि आलोपालो गरि दैनिक कार्य सञ्चालनमा आउने भएका छन् ।
नगरपालिकाले बढ्दो संक्रमण हुन नदिनका लागि भोलिदेखि नै गत जेठ ५ गते गरिएको निर्णय अनुसार नै फेरि आलोपालो हुने गरि बैक तथा वित्तिय संस्थाहरु सञ्चालन गराउने निर्णय भएको नगरपालिकाकी प्रवक्ता तथा उपमेयर गीता अधिकारीले वताईन् । निर्णयसंगै अव बैक तथा वित्तीय संस्थाले अन्य दिन सरह खोल्न पाउने छैनन् ।
जसअनुसार ‘क ’वर्गका बैकहरु आइतबार,मंगलवार र विहिबार , ‘ख’ वर्गका बैकहरु सोमबार,बुधबार र शुक्रवार र ‘ग र घ’ वर्गका फाइनान्स,लघुवित्त र सहकारी संस्थाहरु भने सोमबार,विहिबार र शनिवार मात्र सञ्चालन हुने व्यवस्था गर्न भनिएको छ ।
ती सवैले विहान १० वजेदेखि दिउँसो १ वजेसम्म मात्र खोल्न पाउने छन् । वैक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना हुनुपर्ने निर्णय भएको जनाईएको छ ।
हेनुैहोसः पुरा विबरणहरु

