काठमाडौं, ३० साउन–सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरो गएको छ । पहिरोमा पाँच घर पुरिएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिरोले १३ घरमा क्षति पुगेको छ । मानवीय क्षति भए नभएको बारेमा अहिले केही भन्न सकिने अवस्था नरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्ववल महर्जनले प्रहरी टोली घटनास्थलतर्फ गएको र त्यहाँ पुग्न ४ घण्टा लाग्ने बताए । उनका अनुसार प्रहरी घटनास्थल पुगेपछि मात्रै क्षतिको जानकारी प्राप्त हुनेछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *