एजेन्सी, ३० साउन–फ्रान्सेली स्टार खेलाडी मिडफिल्डर ब्लेइस माटुडीले सिरि ए क्लब युभेन्ट्स छाडेका छन् । युभेन्ट्सलाई सिरी ए उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका माटुडीले क्लब छाडेका हुन् ।
सन् २०१७ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेम ९पीएसजी० बाट इटालियन क्लब आएका उनले भर्खरै मात्र क्लब छाडेका हुन् । उनले हालसम्म नयाँ क्लबसँग भने सम्झौता गरेका छैनन् ।
३३ वर्षका फ्रान्सेली मिडफिल्डर माटुडीले ९८ लिग खेल खेल्दै ६ गोल गरेका छन् । उनले युभेन्ट्ससँग नयाँ सझौता नगरेरै क्लब छाड्न तयार भएका हुन् ।
माटुडीले पछिल्लो समय अमेरिकन क्लबमा अनुबन्धन हुने चाहना देखाएका हुन् । उनी मेजर लिग सकर क्लब ईन्टर मियामीमा जाने कुरा रहेको छ । तर, उनले क्लबसँग सम्झौता भने गरेका छैनन् ।
