झिलझिले, ३० साउन–झापाको शिबसताक्षीमा विभिन्न पार्टीहरु परित्याग गर्दै नेपाली कांगेस पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार, शिबसताक्षी नगरपालिकाको दुधेस्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रमा आयोजित एक कार्यक्रममा विभिन्न पार्टीहरु परित्याय गर्दै नगरभरिबाट ५ सय ६७ जनाले कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस पार्टी शिबसताक्षी नगरका युवा नेता तुला बोखिमका अनुसार प्रवेश गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी, झापा सदस्य तथा शिवसताक्षी नगरका प्रत्यासी मेयरका उम्मेद्वार उमानाथ दाहाल, स्थानीय निर्वाचनमा वडा नं ३ र ६ का वडाध्यक्ष पदका प्रत्यासी उम्मेद्वारद्वय भाष्कर न्यौपाने, घनश्याम मैनाली, वडा नं ९ वडा सदस्य पदका उम्मेद्वार मानबहादुर फुँयल, वडा नं १० का रामकुमार योङहाङ, वडा नं ११ का लेखनाथ तामाङ र महिला उम्मेद्वार मीना भट्टराई गरी राप्रपाबाट ४ सय बढी सक्रिय सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नवप्रवेशीहरुले पार्टीको माथिल्लो तहमा एकता र विभाजनको कुनै निश्चित नभएकाले तल्लो तहमा रहने कार्यकर्ताहरुमा अन्यौलता छाएको, पार्टीमा बिचलन आएको भन्दै आफूहरू काँग्रेसमा प्रवेश गरेको उनीहरूले कार्यक्रममा बताएका थिए ।
त्यस्तै, स्वतन्त्र व्यक्ति तथा शिक्षाप्रमी युवा व्यक्तित्व प्रेम शेर्मा, संघीय लिम्बुवान पार्टी शिवसताक्षीका उपाध्यक्ष मोहन समशेर योङहाङ, नेपाल सद्भावना पार्टीका पूर्व केन्द्रीय सदस्य चेतनकुमार राजवंशी लगायत पनि पार्टीमा प्रवेश गरेको बताइएको छ ।
सत्तारुद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठित सदस्य रुद्र नेपाल, राज सुब्बा लगायत ५० भन्दा बढी समेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई फूलमाला अबिर र नेपाली कांग्रेसको झण्डा सहित स्वागत गरिएको थियो ।
कांग्रेस शिबसताक्षीका युवा नेता एबम् शिबसताक्षी–६ शिबगञ्जका वडा अध्यक्ष मनोज खुलाल कार्कीका अुनसार कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, जिल्ला सभापति उद्धव थापा, क्षेत्र नं ४ क्षेत्रीय सभापति जयनारायण शाहले अहिले दुई तिहाइको बामपन्थी सरकारले जनहितमा काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।
नेपाली कांग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरुलाई शब्दद्वारा स्वागत उप सभापति पदम बहादुर थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन उपसभापति बिनोद ढकालको रहेको थियो ।
