एजेन्सी, ३१ साउन–स्पेनिस क्लब बार्सिलोना जारी सिजनको च्याम्पियन्स लिगबाट बाहिरिएको छ। गएराती भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग ८–२ को लज्जास्पद हार ब्यहोरेसँगै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो। च्याम्पियन्स लिग युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो।

यो प्रतियोगितामा बार्सिलोनालाई सँधै उपाधिको दाबेदार मानिन्छ। तर, यो पटक बार्यनले बार्सालाई नमिठो बिदाई गरिदिएको छ। बार्यनलाई जीत दिलाउने क्रममा बार्साको पोष्टमा थोमस मुलर र फिलिप कौटिन्होले समान दुई–दुई गोल गरेका थिए। खेलको चौथो मिनेटमा नै मुलरले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए।

सातौं मिनेटमा बार्यनका डबिड अलाबाले आत्मघाती गोल गरेपछि बार्सिलोना बराबरीमा पुगेको थियो। तर २२ औं मिनेटमा इभान पेरिसिक, २८औं मिनेटमौ सर्ज ग्रन्बी र ३१ औं मिनेटमा मुलरले दोस्रो गोल गरेपछि बार्सा ४–१ ले पछाडि परेको थियो। दोस्रो हाफ सुरु भएपछि खेलको ६३ औं मिनेटमा जोसुवा किमिचले बार्यनका लागि फेरि गोल थपे। ८२ औं मिनेटमा रोबन लेवानडोस्की र ८५ र ८९ औं मिनेटमा फिलिपे कौटिन्होले बार्साको पोष्टमा गोल गरे।

बार्सिलोनाका लागि लुइस स्वारेजले ५७औं मिनेटमा दोस्रो गोल गरेका थिए। पछिल्लो जीतसँगै बार्यन म्युनिखले अन्तिम चारमा स्थान पक्का गरेको छ। लियोन र म्यानचेष्टर सिटीबीचको प्रतिस्पर्धाका विजेतासँग बार्यनले सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *