काठमाडौं, ३१ साउन–नेपाली हिन्दु नारीको महान चाड तीज नजिकिएको छ। सर्जकहरूले नयाँ गीत सार्वजनिक गर्ने क्रम जारी छ। यही अवसरमा गायिका सीता रसाईलीले तीजको अवसरमा ुवर्ष दिन बितेकोु गीत सार्वजनिक गरेकी छिन्।
श्रमजीवी दलित समुदाय युगौँदेखि जातीय भेदभावको चरम शोषण, दमनरुपी शिकारीको पन्जामा जकडिएको विषयलाई मुल कथा बनाएर बनाएको गीतमा बिबि अनुरागीको शब्द र संगीत रहेको छ। गीतमा अंजली अधिकारी, उत्सा र बन्दना नेपालको अभिनय रहेको छ भने निर्देशन भने शंकर बिसिले गरेका छन्।
यो गीत मुलतः छुवाछूत र जातिय विभेदविद्धमा रहेको छ । गीतको सम्पादन नविन घर्तीमगरले गरेका हुन।
