झापा, ३१ साउन–प्रदेश १ मा आज शनिबार थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ६४, सुनसरीमा १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा एक–एक जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयले मोरङमा विराटनगर महानगरपालिकामा १९ महिला र २१ पुरुष, रंगेली नगरपालिकामा ३ महिला र ६ पुरुष, धनपालथान गाँउपालिका ५ महिला, जहदा गाउँपालिकामा १ महिला र २ पुरुष र सुन्दरहरैंचा नगरपालिकामा २ पुरुष, बुढीगंगा गाउँपालिकामा १ महिला र १ पुरुष, कानेपोखरी गाउँपालिकामा १ महिला, सुनवर्षी नगरपालिका र ग्रामथान गाउँपालिकामा एक–एक पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको जनाएको छ।

त्यसैगरि सुनसरीको धरान उपमहानगरपालिकामा २ महिला र ९ पुरुष, रामधुनी नगरपालिकामा ५ पुरुष, बर्जु गाउँपालिकामा ३ पुरुष, तेह्रथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगा नगरपालिकामा एक–एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

यससंगै प्रदेशमा कोरोना संक्रमितको सख्या १ हजार ९ सय ७ पुगेको छ। प्रदेशमा शनिबार १ हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ३२ महिला र ५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति संयोजक डा.सरोज विशालले जानकारी दिए।

मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म ६४ हजार ५ सय ९९ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यसैगरि प्रदेशमा हालसम्म ९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *