विर्तामोड, ३१ साउन–झापा,बिर्तामोडस्थित एनआइसी एसिया बैंकमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
पाँच दिनअघि बिर्तामोड नगरपालिकाले १७६ जनामा मास टेष्टिङ गरेको थियो । उनी केही समय अघि मात्रै विराटनगरबाट बिर्तामोड आएको बताइएको छ ।
झापामा शनिवार एक जनालाई मात्रै कोरोना संक्रमण देखिएको छ । उनी सवारी चालक भएको बताइएको छ ।
झापामा १५ हजार ४९ जनाको पिसिआर परीक्षण
जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी रोग फोकल पर्सन जीवन चौलागाईँका अनुसार शुक्रबारसम्म जिल्लाका विभिन्न क्वारेन्टाइन, होम क्वारेण्टिन, होल्डिङ सेन्टर तथा समुदाय स्तर गरि १५ हजार ४९ जनाको पिसिआर परीक्षण गरिएको छ ।
थ्रोड स्वावको नमूना संकलित पिसिआर परीक्षणको रिपोर्ट अझै पनि करीव ६ सयको आउन बाकी रहेको छ । ५७ जना उपचारका लागि कोभिड अस्पतालमा भर्ना भएका छन् । झापामा कोरोना भाइरसको संक्रमण बढेंसँगै अग्रपंक्तिमा खटिएकामध्ये सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समेत संक्रमण हुने क्रम बढ्दो छ ।
कार्यालयका अनुसार शुक्रबारसम्ममा प्राप्त रिपोर्ट अनुसार ४ सय २९ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । झापामा।कुल संक्रमितमध्ये ३ सय ७२ जना झापामा कोरोना जितेर स्वास्थ्य भएर घर फर्किएका छन् । उनीहरुलाई उपचारका लागि प्रदेशमा रहेका कोभिड अस्पतालमा पठाईएको थियो
। प्राप्त रिपोर्ट अनुसार दुईजना स्वास्थ्यकर्मी र ३६ जना सुरक्षकर्मीमा यसको संक्रमण पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
