दमक, ३१ साउन–समुदायमा नै कोरोना भाइरसको सक्रमण फैलिएपछि झापाको दमकमा आज (शनिबार) देखी एक सातासम्म लकडाउन हुने भएको छ । दमक नगरपालिका कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यस्थापन समितिको आज सम्पन्न बैठकले दमकमा एक सातासम्म लकडाउन गर्ने भएको हो ।

दमकमा लकडाउन हुनेभएसँगै दमक उद्योग बाणिज्य संघको आज बसेको आकस्मिक बैठकले एक साताका लागि सम्पुर्ण ब्यवसाय बन्द गर्ने निर्णय गरेको छ । दमकमा समुदायमै कोरोनाको संक्रमण फैलिएको भन्दै सबै ब्यवसायी तथा समुदायको स्वास्थ्य सुरक्षालाई मध्य नजर गर्दै आज बेलुकी ४ बजेदेखि सबै किसिमको व्यापार ब्यवसाय तथा उध्योग कारखानाहरु बन्द गर्ने निर्णय गरेको संघका कार्यसमिति सदस्य अशिम राईले जानकारी दिए ।

संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षता र पुर्व अध्यक्षद्वय प्रकाश प्रसाईं र घनेन्द्र सुब्बाको उपस्थितिमा बसेको संघको कार्यसमितिको बैठकले दमकमा तत्काल कोरोनाको जोखिम बढेको भन्दै अन्य आवतजावत समेत पुर्ण रूपमा बन्द गर्न नगरपालिकालाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *