काठमाडौं, ३२ साउन–सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा बेपत्ता भएकामध्ये १९ जनाको शव फेला परेको छ ।

आज बिहानसम्म १९ जनाको शव भेटिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयका एसएसपी सुदीप गिरीका अनुसार मृत भेटिएकामा तीन पुरुष, चार महिला र १२ बालबालिका छन् ।

उनका अनुसार हराएका अन्यको खोजी जारी छ । लिदीमा शुक्रबार खसेको पहिरोले ३५ घर पुरिएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *