काठमाडौं, ३२ साउन–नेपालमा कोरोनाभाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक पुरुष र मोरङमा १ महिलाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आजसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४५ र बागमती प्रदेशमा १८ जनाको मृत्यु भएको छ ।

यस्तै गण्डकी प्रदेशमा ६, प्रदेश नम्बर ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ गरी १ सय ४ जनाको मृत्यु भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *