झापा, ३२ साउन–प्रदेश १ मा आज ३४ महिला र ६९ पुरुष गरि १ सय ३ जनामा कोरोनाभाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार मोरङ्गमा ९२, खोटाङमा ६, सुनसरीमा २, ईलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
मोरंगको विराटनगर महानगरपालिकामा एकैपटक ६० जनामा कोरोनो पुष्टि भएको छ। संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन्। मन्त्रालयका अनुसार बुढीगंगा गाँउपालिकामा ३, धनपालथान गाँउपालिकामा २ र कटहरी गाँउपालिकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरी उपमहानगरपालिकामा १ पुरुष, दुहबी नगरपालिकामा १ महिला, ईलामको देउमाई नगरपालिकामा १ पुरुषमा संक्रमण देखिएको छ।
त्यसैगरी, प्रदेश २ को बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ।
